वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा




चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर “विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो ।

 

गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो ।




चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको सङ्ख्या हालसम्मकै उच्च देखिएर बीचका दुई महिना केही घटेर चैतमा पुनः बढेको छ ।

 

कोरोना सङ्क्रमणको तेस्रो लहरपछि चैतमा सबैभन्दा बढी युवाले श्रमस्वीकृति लिएको पाइएको छ। चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३ ले विदेश जान श्रम स्वीकृति लिएकोमा यो सङ्ख्या चैतमा ५२ हजार पुगेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

 

बुधबार डलर सहित अन्य देशको विनिमयदर कति ?

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार (आज) डलरको भाउ बढेको छ । हिजो अमेरिकन डलर १ को खरिददर १२१ रुपैयाँ ७२ पैसा र विक्रीदर १२२ रुपैयाँ ३२ पैसा कायम भएकोमा आज बढेर १ डलरको खरिददर १२२ रुपैयाँ १२ पैसा र विक्रीदर १२२ रुपैयाँ ७२ पैसा कायम रहेको छ ।

त्यसैगरी युरोपियन युरो १ को खरिददर १३१ रुपैयाँ ८२ पैसा र विक्रीदर १३२ रुपैयाँ ४६ पैसा छ । १ युके पाउण्ड स्टलिङको खरिददर १५९ रुपैयाँ र विक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । चाइनिज युन १ को खरिददर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा छ ।



सम्बन्धित
Loading...