पल प्रकरणः नवलपुरमा पनि गायिकाले वयान फेरिन

नवलपुर । जिल्ला अदालत तनहुँमा बकपत्रमा वयान फेरेकी गायिकाले नवलपुर जिल्ला अदालतमा पनि वयान फेरेकी छिन् ।
बुधबार अभिनेता पल शाह विरुद्ध परेको उजुरीमा नवलपुर जिल्ला अदालतमा पीडित गायिकाको वकपत्र गरिएको हो ।
जिल्ला न्यायाधिश नन्दकिशोर प्रसाद यादवको इजलाशमा वकपत्र गरिएको हो । वकपत्रमा उनले पीडक भनिएका अभिनेता पल शाहले कुनै जबरजस्ती नगरेको उनले बताएको वकपत्र लिदा बसेका एक जना सहभागीले बताए ।
नवलपुरमा गायिकाको बुवा, कलाकार दुर्गा थापा, कृष्ण जोशी, सम्राट चौलागाई, मेडिकल रिपोर्ट तयार पारेका डाक्टर लगायतको बकपत्र तयार पारिने छ ।
आज अरुको वकपत्र नसकिएकोले अन्यको वकपत्र भोलि गरिने छ । वकपत्रमा गायिकाले वयान फेरे पनि तत्काल पल छुटि हाल्ने सम्भावना कम रहेको छ ।