मेयरमा सिफारिस नभएपछि कांग्रेस पूर्वक्षेत्रीय सभापतिले दिए राजीनामा

सत्तारुढ दल नेपाली कांग्रेसले रूपन्देहीका पूर्वक्षेत्रीय सभापति मातृका यादवको नाम मेयरमा सिफारिस नभएपछि पार्टीबाट राजीनामा दिएका छन् ।

सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी रहेका यादवको नाम सिफारिस नभएपछि उनले राजीनामा दिएका हुन् ।

कांग्रेस महाधिवेशनमा क्षेत्रीय सभापतिमा दोस्रो कार्यकालका लागि उनी उम्मेदवारी दिएर पराजित भएका थिए । कांग्रेसले सिद्धार्थ नगरको मेयरका लागि इस्तियाक अहमदको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा दाङको घोराही उपमहानगरपालिका मेयरको उम्मेदवारीको लागि सिफारिस भएका छन् ।

गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो । गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने एक नेताले जानकारी दिए

देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६९३ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७६ रहेको छ ।

पछिल्लो समय थप २५ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४२४ पुगेको छ । निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३८ हजार १८२ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३१८ रहेको छ । अहिले होम आइसोलेशनमा ३१४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा चार, आईसीयूमा चार र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।

देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६९३ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७६ रहेको छ ।

पछिल्लो समय थप २५ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४२४ पुगेको छ । निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३८ हजार १८२ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३१८ रहेको छ । अहिले होम आइसोलेशनमा ३१४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा चार, आईसीयूमा चार र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्

सम्बन्धित
Loading...