अपाङ्गता भएका महिलालाई बलात्कार गरेको अभियोगमा नवलपुरमा भारतीय


कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा शारीरिक अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बलात्कार गरेको उजुरी परेपछि शुक्रबार बिहान भारतको बिहार मोतियारी घर भइ हाल कावासोती नगरपालिका १६ डण्डामा डेरा गरी बस्ने भुनेश कुसवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
कुशवाहाले कवाडी संकलन गर्ने गरेको र त्यसै क्रममा हुप्सेकोटको जङ्गलमा बलात्कार गरेको परिवारको आरोप छ । बोल्न नसक्ने ती महिलाको मेडिकल टेस्ट गरि कुसवाहा माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...