जिल्ला अदालत अगाडि घरभित्रैबाट स्कुटी चोरी

नवलपुर । नवलपुर जिल्ला अदालत अगाडि घर भित्रै राखेको स्कुटी चोरी भएको छ ।
पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको अदालत अगाडि तुलबहादुर विक (सानु) को घर भित्र राखेको लु ४४ प ४७० नम्बरको स्कुटी चोरी भएको हो ।
तुलबहादुर विकले उक्त स्कुटी केही महिना अगाडि रवि लोहारसँग किनेका थिए ।
ढोकामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा गएराति उक्त चुक्कुल खोली स्कुटी नजिकै झुण्डाएर राखेको चापी झिकेर स्कुटी लिएर गएको तुलबहादुरले बताए ।
स्कुटीसँगै टोपी र ज्याकेट पनि लिएर गएका छन् । घर भित्र रहेका अन्य कपडाहरु खानतलासी गरेको र अन्य समान नभेटेका कारण नगद लगायतका अन्य जिन्सी भने चोरी नभएको बताइएको छ । कपडाहरु बारीमा फाल्दिएको अवस्थामा भेटिएको उनले बताए ।
उक्त घर नवलपुर जिल्ला अदालतकै गेटै अगाडि पर्दछ । यहाँ २४ घण्टा केही प्रहरी टिउटीमा रहेका हुन्छन् । स्कुटी चोरी भएको आज विहान मात्र थाहा पाएका थिए ।