गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन्।

बैंकिङ कसुरको मुद्दामा फरार रहेका उनलाई बिहीबार चन्द्रागिरिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

वरिष्ठ उपरीक्षक गिरीका अनुसार ६८ लाख रूपैयाँको चेक बाउन्स मुद्दामा उपाध्याय फरार थिए।

फरार रहेका उनलाई पक्राउ गरी बिहीबार नै उच्च अदालत पाटनमा बुझाएको गिरीले बताए।

वरिष्ठ उपरीक्षक गिरीका अनुसार ६८ लाख रूपैयाँको चेक बाउन्स मुद्दामा उपाध्याय फरार थिए।

फरार रहेका उनलाई पक्राउ गरी बिहीबार नै उच्च अदालत पाटनमा बुझाएको गिरीले बताए।

सम्बन्धित
Loading...