स्थानीय तह निर्वाचन : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ ।
निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको छ ।