कावासोतीमा नगरउपप्रमुख सहित ३३ जनाजनप्रतिनिधिले दिए राजिनामा




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया सहित ३३ जना जनप्रतिनिधिहरुले राजिनामा दिएका छन् ।

 

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्ने आकांक्षा सहित शुक्रबार उनीहरुले राजिनामा दिएका हुन् । उनीहरुले निमित्त प्रमुख प्रशाकीय अधिकृत राजन पाण्डे समक्ष राजिनामा दिएका हुन् ।

 




नगरप्रमुख प्रेमशंकर मर्दनिया नेकपा एमालेबाट नगरप्रमुखमा उमेदवार बन्ने दौडमा छन् ।

 

त्यसैगरी कावासोती १ का वडा अध्यक्ष नारायण पन्त, कावासोती २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेल, कावासोती ११ का वडाअध्यक्ष शारदा प्रसाद अधिकारी, कावासोती १० का वडाध्यक्ष टेकनारायण महतो, कावासोती १५ का वडा अध्यक्ष देवनारायण महतो, कावासोती ८ का वडाध्यक्ष आनन्द गुरुङ, कावासोती १३ का वडाध्यक्ष विनाेद रानाले राजिनामा दिएका हुन् ।

 

राजिनामा दिएका वडाध्यक्षहरु सबै पुन वडाध्यक्षमा दोहोरिने चाहाना सहित उमेदवार दिएका हुन् ।

 

एमालेबाट कावासोती २ मा लक्ष्मीप्रसाद पौडेल, कावासोती ११ मा काँग्रेसबाट शारदा प्रसाद अधिकारीले वडाध्यक्षमा टिकट पाइसकेका छन् भने अन्यको अझै टुंगो लागेको छैन ।

 

राजिनामा दिने जनप्रतिनिधिहरु  

 

 



सम्बन्धित
Loading...