सुस्ताले गर्यो जनप्रतिनिधिसंग फेरि भेटौला कार्यक्रम
श्याम थापा
सुस्ता १० बैशाख
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले जनप्रतिनिधि संग फेरि भेटौला कार्यक्रम गरेको छ ।
आशन्न स्थानीय तहको निर्वाचन २०७९ को यही बैशाख ३० गतेका दिन मिति तय भएपछि सुस्तामा रहेका जनप्रतिनिधिहरुलाई पुनः भेट हुने आशा राख्दै कार्यालयले सम्मान स्वरुप खादा ओढाई फेरि भेटौला कार्यक्रम गरेको हो ।
पालिका का प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको अध्यक्षयतामा एक कार्यक्रम गरि जनप्रतिनिधिसंग फेरि भेटौला कार्यक्रम गरिएको थियो ।
जनप्रतिनिधि र कर्मचारी बीच यो ५ बर्षको अन्तरालमा भएका गतिविधि बारे समिक्षा गर्दै आज सम्म सुस्ताका जनप्रतिनिधिले र कर्मचारीहरुको सम्बन्ध प्रगाढ रहेको र कार्यालयले जनप्रतिनिधिहरुलाई बिदाइ गर्न नचाहदा चाहदै देशको संघीय कानुन तथा निति नियममा सबै चल्ने पर्ने भएकोले जनप्रतिनिधिहरुको करिब ५ वर्ष अवधी पूरा भएको हुदा कर्मचारी तथा कार्यालयको तर्फबाट जनप्रतिनिधिहरुलाई फेरि भेट हुने आशा राख्दै कार्यालयबाट बिदाइ गरिएको पालिका का प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका छन् ।

पालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुसंग फेरि भेटौला कार्यक्रममा आफ्नो भनाइ राख्दै सुस्ता गाउँपालिका अध्यक्ष प्रभुनाथ यादवले आज सम्म हामी जनप्रतिनिधिहरुबाट भएका कमि कमजोरीलाई कर्मचारीहरुले अनर्थ नलिनको लागि आग्रह गरेका छन् त्यस्तै सुस्ता ४ का वडा अध्यक्ष अशोक गुरुङ्गले हामी चुनावमा जानी बेला भएको हुदा हामी मध्ये कोहि ब्यक्ति फेरि भेटिन सक्ने बताए र अर्का सुस्ता २ का अध्यक्ष एवं प्रवक्ता कृष्णलाल मुखियाले कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको बसाईलाई अगामी दिन ख्याल गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।
सो जनप्रतिनिधिसंग फेरि भेटौला कार्यक्रममा मन्तव्य राख्दै पालिका उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले आफ्नो व्यक्तिगत पिडालाई भुलाएर आफू जनताको सेवामा लाग्दा लाग्दै आफ्नो कार्यकाल ५ वर्ष पुगेको पत्तो नलागेको र अब यति मिलेको जनप्रतिनिधिहरु फेरि भेट होला नहोला भन्दै भावुक भएकी थिइन् ।

