हुप्सेकोटमा पालिका अध्यक्ष सहित १२ जनाले दिए राजिनामा

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे सहित १२ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् ।
पुन उमदेवार बन्ने आकांक्षा सहित उनीहरुले राजिनामा दिएका हुन् । लक्ष्मी पाण्डे नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । पाण्डेले पुन गाउँपालिका अध्यक्षमा उमेदवार हुने आकांक्षा राखेकी छिन् ।
हुप्सेकोटमा गाउँपालिका अध्यक्षमा काँग्रेस आफैले उमेदवार उठाउने तयारी गरे पनि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले पालिका अध्यक्ष आफूले पाउनु पर्ने दावी गरेको छ । तथापि अहिलेसम्म गठबन्धनमा सहमति भने जुटि सकेको छैन ।
हुप्सेकोटमा वडा नं. ४ का वडाध्यक्ष रोशन गाहा, ५ का वडाध्यक्ष पदमबहादुर राना, ६ का वड अध्यक्ष छमबहादुर सोमैले पनि राजिनामा दिएका छन् । उनीहरु सहित अन्य वडासदस्यहरु गरी १२ जनाले राजिनामा दिएका हुन् ।