गुल्मीमा जिप दुर्घटनामा पुर्व सांसदसहित २ जनाको मृत्यु
चैत २८ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदको सहित २ जनाकाे मृत्युु भएको छ ।
मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जीप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ निवासी पूर्व सासंद रुद्रमणी भण्डारीको घटनास्थलमै मृत्युु भएको हो ।
दुर्घटनामा परि मालिका गाउपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ । विहिवार विहान मालिका गाउपालिकावाट उक्त जिप वुटवलका लागि छुटेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ ।
धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।