जिल्ला समन्वय समितिका संयोजक आले बुलिङ्गटार अध्यक्षमा बागी उमेदवार


 



नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा नेपाली काँग्रेसको टिकट विवतरणमा असन्तुष्टी जनाउँदै यहाँ काँग्रेसका असन्तुष्ट पक्षले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा बागी उमेदवारी दिएको छ ।

 

नेपाली कांग्रेस बुलिङटारका कार्यकर्ताले गाउँपालिकाको अध्यक्ष पदका लागि पुनः शशिकिरण बस्ताकोटीलाई टिकट दिइएको भन्दै असन्तुस्त जनाइएको हो । सोमबार बसेको जिल्ला कार्य समितिको सँसदिय दलको वैठकले अध्यक्षमा पुनः बस्ताकोटीलाई नै टिकट दिइएको हो ।

 




यहाँ जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवम् नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि चेसराम आलेले अध्यक्षमा वागी उमेदवारी दिएका छन् । उनले अध्यक्ष पदमा काँग्रेसबाट उमेदवारी दिने आकांक्षा देखाएका थिए ।

 

बुलिङ्गटार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस, एमाले, राप्रपा र स्वतन्त्र गरी ४÷४ जनाको उमेदवारी परेको छ ।

 

सम्बन्धित समाचार

नवलपुरः हुप्सेकाेट अध्यक्षमा गाउँ सभापति नै कांग्रेसका बागी उम्मेदवार 

कावासोती मेयरमा कांग्रेसका बागी उम्मेदवार



सम्बन्धित
Loading...