विजयनगरमा अध्यक्ष पदका बलियो उम्मेदवार यादव
कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा जसपा पार्टीबाट बलियो उम्मेदवारको रूपमा विजयनगर वडा न.६ बासी जानकी प्रसाद यादवको चर्चा भइरहेका छन् । सोमबार मनोनयन को लागि दलबल लिएर दर्ता स्थलमा पुगेका थिए ।
उहाँ गौतम बुद्ध साझेदारी बन समिति अध्यक्ष पदमा रहि लामो समय देखि सेवा दिदै आइरहेका हुन । कार्य शैलीको प्रभावले सामाजिक क्षेत्रमा लोक प्रिय् भएको यादव चुनावमा जो कोहि उहाँ संग प्रतिस्पर्धा गर्नु पर्ने देखिएको छ । औपचारिक रूपमा सोमबार मनोनयन दर्ता गराए पछि पहिलो स्थानमा रहेको आकालन गर्न थालिएको छ ।
गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार भएका यादव थोरै मतले हार बेर्नु परेको थियो । यादव लुम्बिनी प्रदेश कपिलवस्तुको क्षेत्र न.३ ख बाट प्रदेश सदस्यको उम्मेदवारी दिएका थिए निकै नै कडा प्रतिस्पर्धा भएको थियोे ।
पछिल्लो समय काङ्ग्रेसमा सक्रिय रुपमा रहेका यादव विजयनगर इकाई सभापतिमा रहि कामकाज गर्दै आइ रहेका थिए । उहाँको नाम नेपाली काङ्ग्रेस बाट उम्मेदवारको लागि सिफारिस भएको थियोे। उक्त पार्टी बाट टिकट नपाउने निश्चित भए पछि एकाएक कित्ता परिवर्तन गरि जसपामा प्रवेश गरे ।
स्वतन्त्र बाट लड्दा थोरै मतले पराजित भएका यादव पार्टी बाट टिकट लिइ उम्मेदवारी दिएकोले जित सुनिश्चित रहेको जानकारहरुले विश्लेषण गरि रहेका छन् । यादव अहिले बलियो उपम्मेदवार मध्यका एक हुन् ।
?