विजयनगर २ को वडा अध्यक्षमा तेलि उम्मेदवारी
कपिलवस्तु । विजयनगर गाउँपालिकाको वडा नम्बर २ बाट अध्यक्ष पदमा सन्तराम तेलिले मनोनयन दर्ता गराउनु भएको छ । तेलिले सोमबार निर्वाचन कार्यालयमा जसपाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।
उहाँ एउटा कर्मठ ईमानदार व्यपरी समेत रहेको छ्न ।तेलि लामो समयदेखि समाजसेवीका रुपमा वडाबासीलाई सहयोग गर्दै आउनुभएको छ । तेलिले यस वडामा एक सक्रिय समाजसेवीको काम गर्दै आउँदा राम्रो छबीसमेत बनाउन सफल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । वडाबासीले जसपाबाट अत्याधिक बहुमतका साथ अमुल्य मतले विजयी गराउनु हुनेमा विश्वस्त हुनुहुन्छ ।
तेलिको जसपा बाट उम्मेदवारीले अधिकांश उहाँको समर्थक युवाहरुले साथ दिएका छन् । वडा अध्यक्षका उम्मदेवार सन्तराम तेलिअले वडालाई नमुना वडा बनाउने बताउनुभएको छ ।वडाबासीले हरेक विकासको दृष्टिकोणले पछाडी परेकोले सन्तराम तेलिलाई जिनाउनुपर्नेमा जोड दिएका छन् ।