कावासोतीमा यस्ता छ माओवादी केन्द्रका उमेदवारहरु


 



कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेकपा माओवादी केन्द्रले नगर उपप्रमुख सहित ३ वटा वडाध्यक्षमा उमेदवार उठाएको छ ।

 

कावासोतीमा नेपाली काँग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले कावासोतीमा नगर उपप्रमुखमा पतिराम थनेतलाई उमेदवारको रुपमा अगाडि सारेको छ । थनेत यस अघि कावासोती १४ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा उमेदवारी दिएका थिए ।

 




माओवादी केन्द्रले कावासोती १६ बाट आनन्द श्रेष्ठलाई उमेदवार बनाएको छ । यहाँ माओवादी केन्द्रले दलित महिलाबाट वडा सदस्यमा उषा खत्वे र महिलाबाट वडा सदस्यमा लक्ष्मी सुनार उमेदवार बनाएको छ । यहाँ गठबन्धनबाट काँग्रेसका २ जनाले वडा सदस्यमा उमेदवार दिएको छ ।

 

त्यसैगरी कावासोती १ र कावासोती १४ बाट पनि माओवादी केन्द्रले वडाध्यक्षमा उमेदवार दिएको छ । कावासोती १ बाट तेजेन्द्र सुनार र कावासोती १४ बाट नेतराम महतोलाई वडाध्यक्षमा उमेदवार बनाएको छ ।

 

२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले कावासोती १६ मा जित हात पारेको थियो । काँग्रेस माओवादी गठबन्धनमा कावासोतीमा मेयर उपमेयर र कावासोती १६ लगायतका अन्य वडाहरुमा गठबन्धन टुंगिसकेको भए पनि कावासोती १ र कावासोती १४ मा अझै सहमति जुटेको छैन ।

 

कावासोतीमा माओवादी केन्द्रले उपमेयर सहित २७ जनाले विभिन्न पदमा उमेदवारी दिएका छन् ।

 



सम्बन्धित
Loading...