देवचुलीमा यस्ता छन्ः माओवादीका उमेदवारहरु

कृशला सापकोटा –
देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगर उपप्रमुख सहित १५ जनाले उमेदवार दिएका छन् ।
विद्यालयका व्यवस्थापक समेत रहेका सत्यनारायन भुसालले नेकपा माओवादीबाट उपप्रमुखमा उमेदवार दिएका छन् । यहाँ कांग्रेस र माओवादी बीच गठबन्धन भएको छ ।
देवचुली १ र १६ बाट क्रमश विक्रम नगरकोटी र केशरबहादुर क्षेत्रीले वडा अध्यक्ष पदका लागि उमेदवार दिएका छन् ।
क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । देवचुलीमा माओवादी केन्द्रबाट वडा सदस्य पदका लागि १२ जनाले उमेदवार दिएका छन् ।
काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसले नगर प्रमुख र माओवादीले उपप्रमुखमा उमेदवार दिएका छन् ।
कावासोतीमा यस्ता छ माओवादी केन्द्रका उमेदवारहरु