दुःखद खबरः धार्मिक जात्रामा करे’न्ट लाग्दा ११ जनाको मृ-त्यु




दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करे-न्ट लागेर कम्तीमा ११ जनाको मृ-त्यु भएको छ ।

 

तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नां-गो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृ-त्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अव-स्था ग-म्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् ।




उक्त घटनलाई लिएर प्रहरीमा उजुरी गरिएको छ । रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाइभोल्टेजको तारसँग छोइएको थियो ।

 

सडकमा पानीको खाल्डो नभएको भए मृत-कको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेण्डअघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए ।



सम्बन्धित
Loading...