एसबाट देवचुलीको मेयर–उपमेयरमा कंडेल र काफ्लेले दिए उम्मेदवारी


 



नवलपुर । देवचुलीमा नेकपा एकिकृत समाजबादीबाट नगर प्रमुख उपप्रमुख र २ वटा वडामा वडा अध्यक्ष सहित १५ जनाको उम्मेदवारी दिएका छन् । मनोनयन दर्ताको अन्तिम दिन निर्वाचन अधिकृतको कार्यालय देवचुली नगरपालिकाको परिसरमा पुगेर उनीहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

नगर प्रमुखमा एकिकृत समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य खगराज कंडेल र प्रदेश कमिटि सदस्य एवं जिल्ला कमिटि उपसचिव सुष्मा काफ्लेले उम्मेदवारी हालेका छन् ।




यस्तै, वडा नं. ९ र ७ मा वडाध्यक्ष पदमा क्रमशः राममणी न्यौपाने र पूर्ण बहादुर काफ्लेको उम्मेदवारी परेको छ ।
पार्टीका नगर अध्यक्ष शशि सिग्देलका अनुसार वडा नं. ९ मा महिला सदस्य तारादेवी काफ्ले, सदस्यमा नमकान्त भुसाल र पार्वती कंडेलले उम्मेदवारी दिएका छन् ।

वडा नं. ७ को सदस्यमा मिना सलामी, वडा नं. ६ को सदस्यमा थमनसिं सोमै, १३ को सदस्यमा अनिल भुसाल, वडा नं १५ को सदस्यमा दधिराम पाण्डे, वडा नं. २ को सदस्यमा छविलाल बसेल, वडा नं. ४ को सदस्यमा भिमबहादुर बस्नेतले उम्मेदवारी दिएका छन् ।

वडा नं. १ मा महिला सदस्यमा शान्ता सापकोटा र वडा नं. १० को महिला सदस्यमा सीता पराजुलीको उम्मेदवारी रहेको छ ।

पाँच दलीय गठबन्धनको मर्म अनुसार देवचुलीमा सहमति हुन नसकेपछि एकिकृत समाजवादीले उम्मेदवार खडा गरेको जनाईएको छ ।



सम्बन्धित
Loading...