साउदीमा हराएका सन्तोष साहलाई भेटाएमा खबर गर्न दूतावासको आग्रह

साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
अप्रिल १९ तारिखकाे रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो ।
साह डिप्रेसनको सिकार भएको र कसैसँग पनि नबोल्ने गरेको दूतावासले जनाएको छ । उहाँलाई उद्धार गरेर दूतावासको शेल्टरमा राखि घर पठाउने तयारी भइरहेको बेला उहाँ हराउनुभएको हो । राति शेल्टरमा सबै सुतिरहेको समयमा उहाँ भागेको हुनसक्ने दूतावासको भनाइ छ ।
दूतावासका अनुसार उहाँको एक्जिट भिसा पनि आइसकेको छ । उहाँलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा दूतावासको फोन नम्बर ०५०००७६७९४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
उहाँको नेपालमा घर कुन ठाउँमा हो भन्ने कुरा भने दूतावासले खुलाएको छैन ।