नवलपुरमा अवैध उत्खननमा संलग्न चार वटा ट्याक्टर नियन्त्रणमा

कावासोती । नवलपुरको कावासोती र डेढगाउँबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती नगरपालिका १६ डण्डाबाट ३ वटा ट्याक्टर र बौदीकाली गाउँपालिका डेढगाँउबाट एउटा गरि अवैध रुपमा नदीजन्य पदार्थ
ओसारपसार गर्दै गरेका चार वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कावासोतीबाट नियन्त्रणमा लिएको ट्याक्टरलाई अस्थाई प्रहरी पोष्ट डण्डा र डेढगाँउबाट नियन्त्रणमा लिएको ट्याक्टराई इलाका प्रहरी कार्यालय डेढगाउँमा राखिएको छ ।