नवलपुरमा आइपुग्यो सबै मतपत्र र मत पेटिका




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र र मत पेटिका आइपुगेको छ ।

 

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार नवलपुरका आवश्यक मतपेटिकाहरु सबै आइपुगेको छ ।

 




ति मत पेटिकाहरु मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई मतदान केन्द्रमा जाने दिन पठाइने उनले बताए ।

त्यसैगरी नवलपुरमा २ लाख ८१ हजार मतपत्रहरु आइपुगेको छ । नवलपुरमा २ लाख ५४ हजार ६ सय १५ जना मतदाताहरु रहेका छन् ।

 

नवलपुरमा आइपुगेका मतपत्रहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । उक्त मतपत्रहरु पनि मतदान केन्द्रमा खेटिने कर्मचारीहरुलाई मतदान केन्द्रमा जाने दिन नै पठाउने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए ।

नवलपुरमा आवश्यक पर्ने मतपेटिका र मतपत्र प्रयाप्त रुपमा आइपुगेको बताइएको छ ।



सम्बन्धित
Loading...