नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको डुबेर मृ`त्यु


 



पूर्वी नवलपरासीको नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको डुबेर मृ`त्यु भएको छ ।

 




ईलाका प्रहरी कार्यलय गैडाकोटका अनुसार हिजो पूर्वी नवलपरासीको गैडाकोट स्थित रहेको नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको बेपत्ता भएका हुन् ।

 

मृ`त्यु हुनेमा गैडाकोट नगरपालिका १ बस्ने अन्दाजी १६ वर्षिय किशोर शुशिल पौडेल रहेका छन् ।

 

बेपत्ता भएका किशोरलाई प्रहरीले पानीमा डुबीरहेको अवस्थामा उद्दार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएको हो ।

 

प्रहरीले  किशोरको अवस्था गम्भिर रहेको र उपचारको क्रममा किशोरको मृत्यु भएको बताएको छ ।



सम्बन्धित
Loading...