देवचुलीमा नगरप्रमुख उपप्रमुख सहित २९ जनाको उमेदवारी फिर्ता

पूर्वी नवलपरासीको देवचुली नगरपालिका नगरप्रमुख उपप्रमुख सहित २९ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् । देवचुलीको नगरप्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएकी कल्पना श्रेष्ठ र उप–प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएकी स्वतन्त्रबाट कञ्चन रेग्मी र प्रेमा कुमारी खनालले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरी वडाध्यक्ष पदमा उम्मेदवारी दिएका वडा नं ११ का रेम बहादुर ठाडा मगर, वडा नं ९ का लिलाधर कंडेल, वडा नं ११ का नवराज भुसाल, वडा नं १४ का प्रेमप्रसाद भट्ट, वडा नं १७ का कृष्ण प्रसाद चापागाई, वडा नं १७ का तिलक बहादुर थापा, वडा नं ९ का मणिराम न्यौपाने, वडा नं ७ का पूर्णबहादुर काफ्ले, वडा नं ७ का कृष्ण अर्याल, वडा नं २ का यमनाथ बस्ताकोटीले उम्मेदवारी फिर्ता गराएका हुन् ।
यस्तै वडा सदस्य तर्फ वडा नं ३ का सुनिल राम गिरी, वडा नं १५ का नारायण तिमिल्सिना, वडा नं १४ का सरस्वती न्यौपाने, वडा नं ११ का गीता चापागाई, वडा नं २ का छविलाल बस्याल, वडा नं ७ का मिना सलामी मगर, वडा नं ७ का गुणाखर पाण्डे, वडा नं ७ का राम नारायण भुषाल, वडा नं ७ का ओमप्रकाश भट्टराई, वडा नं १ का मैनादेवि रायमाझी, वडा नं १७ का आनन्द प्रसाद पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
दलित महिला तर्फ वडा नं १३ का यम कुमारी सुनार, वडा नं ४ का मणिराम सार्की, वडा नं १ का तिल कुमारी वि।क, महिला सदस्य तर्फ वडा नं ४ का कुशुम भण्डारी र वडा नं १ का शान्ता सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएको देवचुली नगरपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिए ।
देवचुली नगरपालिकाको नगरप्रमुख÷उपप्रमुखको अन्तिम नामावली
नगर प्रमुख
अशोक बस्ताकोटी नेपाली काँग्रेस
हरिप्रसाद न्यौपाने नेकपा एमाले
खगराज कंडेल नेकपा एकीकृत समाजवादी
कृष्णराज गैरे जनता समाजवादी पार्टी
दुदबहादुर आले मगर मंगोल नेशनल अर्गनाइजेशन पार्टी
प्रेम भट्टराई विवेकशिल साझा पार्टी
श्याम शर्मा भुसाल स्वतन्त्र
अश्विनराज ओझा स्वतन्त्र
उपप्रमुख
पार्वता तिवारी नेकपा एमाले
सत्यनारायण भुसाल नेकपा माओवादी केन्द्र
सुस्मा काफ्ले नेकपा एकीकृत समाजवादी
सीता कुमारी थनेत जनता समाजवादी पार्टी
देवीप्रसाद खनाल राप्रपा
फूलकुमारी थापा मगर मंगोल नेशनल अर्गनाइजेशन