गैडाकोट नगरपालिकामा प्रमुख नगरप्रमुख सहित ३९ जनाले लिए मनोनयन फिर्ता – सूची सहित

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नगरप्रमुख उपप्रमुखका उमेदवार सहित ३९ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
गैडाकोट नगरपालिकामा आज नेकपा एकीकृत समाजवादीका टिकाराम पौडेलले प्रमुख पदमा दिएका मनोनयन फिर्ता लिएका छन् भने माओवादी केन्द्रबाट उपप्रमुखमा उमेदवारी दिएका दुर्गादत्त ढुंगानाले पनि मनोनयन फिर्ता लिएका छन् ।
त्यसैगरी वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य गरी ३९ जनाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय गैडाकोटले जनाएको छ ।
उमेदवारी फिर्ता लिनेमा धेरै जसो माओवादी केन्द्रको छ भने नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसका उमेदवारहरुले पनि मनोनयन फिर्ता लिएका छन् ।
