जगन्नाथलाई भुइँकटर, बालेन र गनेसलाई लौरो
![]()
निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल राष्ट्रियसभाका पूर्वसांसद हुन् ।
त्यसैगरी काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरोचुनाव चिह्न परेको छ । त्यसैगरी पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललाई पनि चुनाव चिह्न लौरो परेको छ ।
त्यसैगरी धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन् । २०७४ सालको चुनावमा हमाल स्वतन्त्र उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।