व्यासका मेयर उम्मेदवार जोशीले पाए कैंची चुनाव चिह्न

तनहुँकाे व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो ।
नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् ।
तनहुँमा नेकपा एमाले र गोबिन्दराज जोशी समुहबीच तालमेल भएको छ ।
उनीहरुको तालमेलबाट व्यासको मेयरको लागि दीपकले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट उपमेयरमा बसुन्धरा घर्ती रहेकी छिन् ।