चट्याङ्ग लागेर एक जनाको मृत्यु, चार जना घाइते


 



अछाममा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

 

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग

 




लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको मृत्यु भएको हो ।

 

घाइतेहरुमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल रहेका छन् । घाइते सबैको अवस्था सामान्य रहेकाे छ ।

 



सम्बन्धित
Loading...