सवारी दुर्घटनामा ८ बालबलिकाको मृत्यु


 



इजिप्टमा शनिबार भएको  सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ ।

 

अरु चार जना घाइते भएका बताइएको छ । इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो । त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए ।

 




नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।

 

घाइतेहरुको उपचार जारी रहेको यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

 

उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

 



सम्बन्धित
Loading...