उम्मेदवारको निधनपछि पुनः मनोनयनको प्रक्रिया अघि बढाइने


 



आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएपछि  पुनः मनोनयनको प्रक्रिया अघि बढाइने भएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

 




उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए ।

 

उनले निर्वाचनलाई असर नपर्ने गरी सो स्थानमा पुनः मनोनयनको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

 

 



सम्बन्धित
Loading...