बिहे गरेको एक महिना नबित्दै श्रीमान्–श्रीमती झु`ण्डिएको अवस्थामा मृ`त फेला


 



 

कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृ`त फेला परेका हुन् ।

 




जिल्लाको  घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह मृतावस्थामा फेला परेको प्र`हरीले जानकारी दिएको छ ।

 

अमर दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका थिए । प्रहरीका अनुसार उनले दोस्रो विवाह गरेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्र`हरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए ।

 

आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने बताए  । घटनाबारे थप अ`नुसन्धान भइरहेको समेत बताएको छ ।

 



सम्बन्धित
Loading...