गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु


 



धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृ>त्यु भएको छ ।

 

ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहका अनुसार सोमबार राती पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढ-ल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठ<क्कर दिँदा उनको घटनास्थलमै मृ\त्यु भएको हो ।

 




ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

ओखलढुंगाको चिंशखुगढी गाउँपालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय पराजुली तीन महिना अघि ईलाका प्रहरी कार्यालय ढ/ल्केबरमा सरुवा भएर आएका थिए ।

 

पराजुलीको शव पोस्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

 



सम्बन्धित
Loading...