दुइपार्टीवाट मित मित मेयरका उम्मेदवार


 



पूर्वी नवलपरासीका दुई वटा नगरपालिकामा एमाले र कांग्रेसवाट मित मितले मेयरमा उम्मेदवारी पाएका छन ।

 




गैडाकोट नगरपालिकामा एमालेवाट मेयरका उम्मेदवार छत्र पौडेल र कावासोती नगरपालिकामा कांग्रेसवाट मेयरका उम्मेदवार महेन्द्र पोख्रेल मित मित हुन । दुबै मितले यहाका दुई नगरपालिकावाट फरक फरक दलवाट लगातार दोश्रो पटक मेयरमा टिकट पाएपछि यहा उनिहरुको चर्चा बढेको छ ।

 

२०७४ सालमा पनि ति दुई नगरपालिकावाट यी मित मितले टिकट पाएका थिए । दोश्रो पटक पनि ति दबैले टिकट पाएपछि यहा उनिहरुको चर्चा बढको छ ।

 

गत निर्वाचनमा एमालेका छत्र पौडेल गैडाकोटमा मेयरमा निर्वाचित भएका थिए भने महेन्द्र पोख्रेल हारेका थिए । दोस्रो कार्यकालका लागि पनि ति दुवै मितले दुई फरक पार्टीवाट मयरमा टिकट पाएका हुन ।

 

गैडाकोटमा एमाले र राप्रपाबिच तालमेल छ भने कावासोतीमा कांग्रेस र ५ दलिय गठबन्धनको संयुक्त प्यानल चुनाबमा होमिएको छ ।

 



सम्बन्धित
Loading...