गोरखामा जिप दुर्घटना: ज्यान गुमाएकाको पहिचान


 



गोरखामा जिप दुर्घटनामा परी मृ>त्यु भएका तिनै जनाको पहिचान खुलेको छ ।

 

दुर्घटनामा परी मृ<त्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौं महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिनुभयो ।

 

 




सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नं को स्कोपियो जिप भिरबाट खसेर दु”र्घटनामा परेको थियो ।

 

जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दु’र्घटना भएको उहाँले बताउनुभयो ।

 

चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घ-टना भएको थियो । जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो ।

 

जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृ<तक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

 

शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले ज.नाएको छ ।

 



सम्बन्धित
Loading...