सगरमाथाको उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान


 



गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन्। जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर गीत गाएका हुन्।

 

उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ।

 




राजुले आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन्। यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए।

 

‘६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन,’ गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै लेखेका छन्, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्‍यो।

 

हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो।’

 

यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्।

 



सम्बन्धित
Loading...