टिकट फुस्किएपछि काँग्रेसका उमेदवार एमालेमा प्रवेश




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गठबन्धनको नाममा आफ्नो टिकट फुस्किएपछि एक जना उमेदवार एमालेमा प्रवेश गरेका छन् ।

 

कावासोती १४ मा काङ्ग्रेसबाट महिला सदस्यमा उम्मेदवार बनेकी सञ्जु महतोले आफ्नो उमेदवारको टिकट फुस्किएपछि आफूसहित ५५ जनालाई लिएर एमालेमा प्रवेश गरेकी हुन् ।

 




अन्तिम नामावलीमा नाम कायम रहेकै अवस्थामा पछि काङ्ग्रेसले माओवादीका सदस्य उम्मेदवारलाई गठबन्धनको औपचारिक उमेदवार बनाएपछि उनी रुष्ठ भएर पार्टी परित्याग गरेका हुन् ।

 

यहाँ काँग्रेसको वडाध्यक्ष सहित २ सदस्य र माओवादी केन्द्रले २ सदस्य लिने गरी गठबन्धन भएको छ ।

 

नवलपुरः काँग्रेस एमाले कार्यकर्ताबीच झडप, काँग्रेसका उमेदवार सहित काँग्रेस एमालेका ६ घाइते 

 



सम्बन्धित
Loading...