नवलपुरमा लागुऔषध सहित एक पकाउ
अस्थायि प्रहरी पोष्ट दलदले नवलपरासीका अनुसार हिजो एक युवक लागुऔषध सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा न. १४ गणेशचोक बस्ने २७ वर्षिय युवक ओम प्रसाद श्रेष्ठ रहेका छन् ।
प्रहरीले सोही युवको बुवा जित बहादरु द्रवारा निजले लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो ।
प्रहरीले लुकाएको अवस्थामा डिस्पोकेन २ थान – काटेको ठाउमा लगाउने टेप जस्तो देखिने ) , डाईजापाम २९ एम्पुल , नुफिन २९ एम्पुल र एबोट नामक लागुऔषध २९ एम्पुल बरामद गरेको हो ।
लागुऔषध ल्याउने व्पक्ति फरार रहेको र खोजतलास भईहेको जानकारी प्रहरीबाट प्राप्त भएको छ ।
