२० वर्षीय युवक बालिका बलात्कार अभियोगमा पक्राउ

बालिका बलात्कारको अभियोगमा धनकुटा नगरपालिका–३ का एक युवक बुधबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २० वर्षीय सुवास कटुवाल रहेको प्रहरीले जनाएको छ । घटना गत फागुन ८ गतेको भए पनि बालिकाका
आफन्तले सोमबार प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
अभियुक्त कटुवाललाई बुधबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए ।
बलात्कारपछि बालिकालाई बारम्बार धम्की दिने गरेको प्रहरीको भनाई छ ।