१६ वर्षीया किशोरी बलात्कृत




उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

 

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ ।  

 




राउतले  ती किशोरीलाई मंगलबार राति  त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

 

बलात्कार गरेको भन्ने  खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 



सम्बन्धित
Loading...