विजयनगरमा लक्ष्मी कु.चौधरीको जित सुनिश्चित
कपिलवस्तु , विजयनगर । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा नेताहरु गाउँ गाउँ पुग्न थालेका छन । यो बेलामा ठाउँठाउँमा नेताका नै चर्चा चल्ने गर्दछ । कपिलवस्तुको विजयनगर गाउँपालिका उपाध्यक्ष पदमा उमेद्धारी लक्ष्मी कुमारी चौधरीको चर्चाले यतिबेला पालिकाको गाउँ देखि लिएर टोल-टोलसम्म तहल्का पिटेको छ ।
नेता चाैधरीले आफूलाई अब्बल उमेदवारकाे रुपमा परिचित रहेकाे जनाउँदै जित सुनिश्चित भएकाे जिकिर गर्नु भयो । समाजले चाहेकाे उमेदवार पाउँदा उनका समर्थक खुसी भएका छन् ।
चौधरीले ५ बर्षको कार्यकाल भित्रका घोषणापत्रअनुसार काम गर्न नसकेपनि सुनिने र देखिने गरी परिवर्तन गरेको बताउनु भयो । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका क्षेत्रको दिगो विकासकाको लागि समग्र विकासको दिशामा काम गरेको बताउनु भयो । धेरै कुरामा सफलता पाएपनि पूर्ण सन्तुष्ट हुने ठाउँ नभएको चौधरीको भनाइ छ ।
भौगोलिक विकटता, बजेटको सीमितता हुँदा पनि पालिकाको विकास निर्माणले अगुवाइ गरेको उहाँको दाबी छ । गाउँटोलमा स्वास्थ्य केन्द्र स्थापना र दरबन्दी कायम गरी स्वास्थ्यका क्षेत्रमा पनि नमुनाकै रूपमा काम गरेको बताउनु भयो । त्यस्तै विधार्थी संख्याका आधारमा दरबन्दी मिलान, विद्यालय भवन निर्माण, मावि तहका विद्यालयमा कम्प्युटर शिक्षक, विज्ञान प्रयोगशाला, पुस्तकालय लगाएतका काम गरेको बताउनु भयो । चौधरीले खानेपानीको क्षेत्रमा पनि धेरै योजना अगाडी बढाएको उल्लेख गर्नुभयो । त्यस्तै विधुतका क्षेत्रमा पनि काम भएको बताउनु भयो । ५ वर्षमा भएको कार्यको मुल्याङ्कन गरेर पुनः जनताले विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले गाउँपालिकाको विकास र परिवर्तनको लागि पालिकावासीहरुको माग र चाहना अनुसार आफुले पुनः उम्मेदवारी रहेकोले आफुले शिक्षा, स्वास्थ्य र युवा रोजगारीको सुनिश्चित भौतिक पुर्वाधारको विकासमा जोड दिदै अगाडि बडी पालिका वासीको चाहाना मनोभावना अनुसारका काम गर्दै जाने बताए ।
सवैलाई मिलाएर लैजान सक्ने क्षमता भएका सवैका प्रिय, बौद्धिक र विकासप्रेमी नेता चौधरी पालिकाका सम्पूर्ण अग्रज नेता कार्यकताको समेत अफुलाई पूर्ण साथ सहयोग रहेको हुँदा विजयनगर गाउँपालीकामा नेपाल कम्युनिस्ट पार्टी एमालेको विजयी सुनिश्चित रहेको समेत उनले दावी गरे ।