कावासोतीका नगरप्रमुखका स्वतन्त्र उमेदवार अमितको घोषणा पत्र, भ्रष्ट्राचार निर्मुलदेखि राष्ट्रवादसम्म (यस्तो छ घोषणा पत्र)




नवलपुर । अहिले काठमाडौंमा लौरी चुनाव चिन्हका बालेन शाहको चर्चा चुलीमा छ । बालेन काठमाडौंका महानगर प्रमुखमा उमेदवार दिएका छन् । उनी स्वतन्त्र उमेदवार भईकन पनि काँग्रेस, एमाले जस्ता ठूला दललाई चुनौती दिने सम्भावना देखिएको छ ।

 

त्यही चुनाव चिन्ह लौरो पाएका कावासोती नगरपालिकाका नगरप्रमुख पदका उमेदवार अमित विश्वकर्मा पनि आफूलाई बालेन शाहकै प्रतिकको रुपमा व्याख्या गर्दै चुनावी घोषणा पत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

 




कावासोती नगरपालिकामा नगर प्रमुख पदमा ७ राजनीतिक दलका उम्मेदवार ७ जना र २ स्वतन्त्र गरी ९ जना नगरप्रमुखको चुनावी मैदानमा छन् ।

 

कावासोती नगरपालिकामा दलित समुदायबाट नगर प्रमुखमा उमेदवार दिने एक मात्र उमेदवार पनि हुन् । पत्रकार समेत रहेका अमित विश्वकर्माले चुनावलाई लक्षित गरी यस्ता घोषणा पत्र सार्वजनिक गरेका छन् ।

 



सम्बन्धित
Loading...