नवलपुरको देवचुलीमा जुवा तास खेलिरहेको अवस्थामा चार जना पकाउ


 



पूर्वी नवलपरासीमा जुवा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

 




जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार हिजो देवचुली नगरपालिका ११ एकता टोल स्थित लिलाराम बरालको घरमा जुवा तास खेलिरहेको छ भन्ने विशेष सुचनाका आधारमा चार जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा देवचुली नगरपालिका ११ एकता टोल बस्ने ६० वर्षिय लिलाराम बराल, ४२ वर्षिय मिन बहादुर बहादुर बराल , ३७ वर्षिय पुर्ण बहादुर बराल र ४६ वर्षिय भोज बहादुर सिंजाली रहेका छन् ।

 

प्रहरीले जुहाडेहरु मार्फत नगद रुपैया २२,३५० र एक बुक तास बरामद गरेको र घटनाको बारेमा थप अनुसन्धान भईरहको बताएको छ ।

 



सम्बन्धित
Loading...