र्याप हान्दै भोट माग्दै Balen Shah : हेरौं भिडियो


 



काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन शाहको लागि नेपालका कलाकारहरूले भोट मागेका छन्।

बालेनको उम्मेदवारीलाई सञ्चारकर्मी तथा ग्यालेक्सी फोर के टेलिभिजनका निर्देशक रवि लामिछानेले पनि समर्थन गरेका छन्।

 




कलाकार तथा निर्देशक निश्चल बस्नेतले बालेनको उम्मेदवारीको समयदेखि नै साथ दिँदै आएका छन्। केही समय अगाडि बालेनको तस्बिर सार्वजनिक गर्दै निश्चलले भनेका छन्, ‘कसैलाई गीत मात्र लाग्ला, धेरैलाई प्रचारमात्र। मलाई चाँहि परिवर्तनको बिगुल बजेजस्तो लाग्यो।’ हेर्नुस आज काठमाडौँको सिफल र वार्ड नम्बर ६ मा बालेनले यसरि भोट मागेका छन् ।

 

यो पनि पढ्नुहोस….प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले विश्वासकाे मत लिदै गर्दा मुख्यमन्त्रीलाइ सहयाेग गरेर गण्डकी सरकार परिवर्तन गरि एमालेलाइ धुलाे चटाउन सफल भएका नव नियुक्त मन्त्री राजिव गरेुरुङले फेरि अर्काे धारणा राखेका छन ।

 

उनले प्रधानमन्त्री केपी शर्मा वलीलाइ गण्डकी बाट मात्रै नै देशभर बाट पत्तासाप गर्ने घाेषणा गरेका छन ।गण्डकी प्रदेशका स्वतन्त्र सांसद तथा हाल प्रदेश मन्त्री दिपक मनाङ्गे उर्फ राजिव गुरुङ यति वेला चर्चमा हुनुहुन्छ । पहिले गुण्डाकाे रुपमा चर्चित माननिय दिपक गुरुङले गण्डकी प्रद्रशमा सरकार परिवर्तन गर्न मन्त्री बाटै राजिनामा दिएर सत्ता पक्षलाइ छाेडेर गठबन्धनमा लागेका थिए ।

 

निर्णायका भुमिकामा रहेका गुरुङले सत्ता पक्ष छाेडेपछी पृथ्वी सुब्बा गरुङले विस्वासकाे मत गुमाएका थिए ।सत्ता पक्षलाइ छाेडेर विपक्षी गठबन्धनमा लागेदेखि गठबन्धन समर्थक वा अग्रगामी शक्ति उनलाइ नेताकाे रुपमा देख्न थाले भने सत्ता पक्षकाले भने नराम्राे नजरले हेर्न थालेका छन । यद्यपी यतिबेला उनले जनताकाे स्याबासी नै पाएका छन र साँच्चै राम्राे काम गरेकाे प्रतिकृया दिएका छन ।

 

सत्तारुढ दल एमालेकाे केपी समुहका पुर्व मुख्यमन्त्रीले पृथ्वी सुब्बा गुरुङले नै सत्ता टिकाउनकाे लागि उनलाइ युवा तथा खेलकुद मन्त्री बनाएका थिए । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा वलीले प्रतिनिधी सभा विघटन गरेझै प्रदेशमा पनि त्यही हल्ला चलेपछि उनले सत्ता पक्षलाइ छाेडेर गठबन्धनमा लागेका हुन ।

 

गठबन्धनमा सहभागि भएपछि बिपक्षी गठबन्धनका तर्फ बाट कांग्रेषका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका छन भने मनाङ्गे पनि मन्त्रीमा नियुक्त भएका छन ।

त्यसपछि एकैपटक नेताकाे रुपमा देशभर चर्चामा आएका उनले केपी वली प्रति रुष्ट हुदै वली याे देशकाे संविधान माथि नै प्रहार गर्ने खलनायक भएकाे वताएका छन र उनले ठाउँ ठाउए वलीकाे टिप्पनी गरिरहेका छन । उनकाे टिप्पनीकाे सार भने प्रतिनिधी सभा विघटन गर्नु जनमतकाे अपमान गर्नु थियाे र त्यसकै वरिपरि रहेर उनले वली प्रति नकारात्मक धरणा बनाएका हुन ।

 

उनले अब वली देशभर बाटै पत्तासाप हुने निश्चित भएकाे र इतिहासमा उनकाे नाम काले अक्षरले लेखिने धारणा राखेका छन । यसअघी पनि उनी वली प्रति निकै कडा टिप्पनी गरेर चर्चामा आएका थिए ।

 

पछिल्लाे पटक उनले प्रधानमन्त्री केपी शर्मा वलीकाे स्वास्थ्य सम्बन्धी टिकाटिप्पनी गरेका थिए जसकाे केपी समैथकले चर्काे विराेध गरेका छन । उनले केपी वलीका मृगाैला नभएकाे मान्छेकाे पछि लाग्नेहरुकाे दिमाग नै छैन क्या भनेका थिए ।

 

विपक्षी गठबन्धनमा लागेर मनाङ्गीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसंग जोडेर टिप्पणी गरेका छन् । प्रदेश प्रमुख निवास अघि धर्ना बसेका मनाङेले शनिवार प्रधानमन्त्री ओली दुईवटा किड्नी नभएको मान्छे भएकाले उनको साथ छोड्न आग्रह गरेका थिए ।

 

धर्नामा बसेका मनाङेले भनेका छन, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचे ।’

 

मनाङेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कतिपयले प्रधानमन्त्री ओलीमाथी छुद्र टिप्पणी गरेको भन्दै उनको आलोचना गरेका छन् । यस अघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् । उनी अहिले भौतिक योजना तथा पुर्वाधार मन्त्री भएका छन ।

केपी वलीका समर्थकले उनका टिप्पनीहरुमा भने विराेध गरेका छन भने उनलाइ गुण्डाकाे स्थानमा राखेर सामाजिक संजालहरुमा कमेन्ट गरेका छन । वलीकाे साथ छाडे गठबन्धनमा गएकै कारण यस्ताे टिकाटिप्पनी भएकाे त सबैलाइ छर्लङ्ग छ किन भने यहि नकारात्मक कमेन्ट गर्नेहरुले नै हिजाेका दिनहरुमा उनैले युवा नेता जुझारु नेता भनेर फुलमालाले स्वागत गरेका थिए ।

 

उनलाइ केपी समर्थकले गुण्डा जस्ता नराम्रा शब्दहरु प्रयाेग गेरेर कमेन्ट गरेपछि उनले प्रधानमन्त्रीकाे विगतकाे इतिहास पढ्न आग्रह गरेका छन । उनले भनेका छन मलाइ पुर्व गुण्डा भन्नेहरुले १४ वर्ष जेल बसेकालाइ के भन्नुहुन्छ ? मानिसकाे वर्तमान अवस्थामा विगत जाेडिए पनि मैलै कुनै पनि गुण्डा गर्दि नगरेकाे दावी गरेका छन ।

 

समस्याहरु आउदा प्रतिकार गर्नु र त्यसकाे सामाना गर्नु त्यसलाइ गुण्डा नभनी क्रान्ती र रक्षात्मक भुमिका भनिन्छ जुन अहिले सरकार परिवर्तनमा पनि त्यही क्रान्ति हाे जहाँ अग्रगमन र प्रतिगमनकाे लडाइ थियाे र त्यसमा मेराे भुमिका याे देशकाे कानुनकाे संविधानकाे रक्षा गर्नु भयाे र मैले परिवर्तनकारी शक्तिकाे कित्ता राेजेकाे मात्रै हाे ।

 

उहाँले भन्नुभयाे म एक जनाले गर्दा संविधानकाे रक्षा हुन्छ, देश र जनताकाे जित हुन्छ भने मैले मन्त्री त के ज्याने दिन पनि तयार हुनुपर्थ्याे तर त्याे अवस्था मन्त्री त्यागेर गठबन्धनकाे समर्थन गरे पुग्थ्याे र मैले त्याे भुमिका निभाए यसमा त्यति ठुलाे काम गरे जस्ताे त लाग्दैन ।

 

पछिल्लाे पटक देश वर्वाद पार्ने बाटाेमा केपी शर्मा वली लागेकाेले उहाँ प्रति सारा नेपाली रुष्ट छन र उहाँकै समर्थकहरु धमाधाम साथ छाेड्दै छन ।

 

उहाँका विगतका इतिहास पनि त्यति राम्राे त हाेइन तर पनि जनताले नेता मानेका थिए तर सत्ता स्वार्थकाे लागि देश र जनतालाइ वर्वाद पार्दै जे पनि गर्न खाेज्ने, देशका संविधान कानुन सबै उल्लङघन गरेर प्रतिगमन कदम चाल्नु नै उहाँकाे पतन शुरु हुनु हाे ।

 

पछिल्लाे चरणमा केपी शर्माकाे स्वास्थ्य संग सम्बन्धित अभिव्यक्ति दिएकाे ले उनलाइ कार्वाहीकाे लागि माग भएकाे छ । प्रधानमन्त्रीकाे किड्नी सम्बन्धी अभव्यक्ती समाजिक संजालमा भाइरल भएपछि राष्टिय खेलकुद परिषदले विज्ञप्ती निकाले र कार्वाहीकाे लागि माग गरेका हाे ।

 



सम्बन्धित
Loading...