घरेलु मदिरा विक्री गर्न पाउनु पर्ने माग गर्दै प्रहरी चौकी घेराउ


 

 



पूर्वी नवलपरासीमा अवैध घरेलु मदिरा नष्ट गर्दा स्थानियले ईलाका प्रहरी कार्यालय डेढगाउ घेराबन्दी गरेका छन् ।

 




नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व बौदिकालिका गाउपालिका अन्र्तगत विभिन्न स्थानबाट हिजो प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

 

नष्ट गरिएका मदिरामध्ये उत्पादन, बेचबिखन एवं ओसारपसारका क्र्रममा रहेका अन्दाजी ४०० लिटर अवैध मदिरा र सोको अन्दाजी २५० लिटर कच्चा पदार्थ नष्ट गरेको नवलपुर प्रहरीले जनाएको छ ।

 

प्रहरीले घरेलु मदिरा नष्ट गर्ने र शिलबन्दी मदिराहरु खुलमखुल्ला विक्री गर्न दिनु आफ्नो आम्दानीको बाटो बन्द गर्नु जस्तै भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

 

नवलपुरका जनजाति समुदायको बाहुल्यता रहेको क्षेत्रमा घरेलु मदिराको प्रयोग व्यापक हुने गर्दछ ।

 

आफूहरुले उत्पादन गरेको मदिरामा विषाक्त नहुने भन्दै उनीहरुले घरेलु मदिरा विक्री गर्न पाउनु पर्ने माग अगाडि सारेका हुन् ।

 

 

 

 



सम्बन्धित
Loading...