एमाले कार्यकर्ताहरूद्वारा सवारी चालकमाथि आक्रमण

चुनावी अभियानका लागि भाडामा गाडी प्रयोग गर्न नदिएपछि चालकलाई कुटपिट


 



रामेछापको रामपुरमा नेकपा एमालेका कार्यकर्ताहरूले एक सवारी चालकमाथि सांघातिक हमला गरेका छन् ।

 

नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका सवारी चालक दानबहादुर तामाङलाई एमाले कार्यकर्ता तथा पूर्वगाविस उपाध्यक्षसमेत रहेका रमेश तामाङको समूहले शुक्रबार सांघातिक आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसकी नेतृ कुमारी हायुले बताइन् ।

 




घाइते तामाङको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न भागमा कुटपिटका निलडाम हुनुका साथै अनुहारमा चोट लागेको छ ।

 

तामाङ आक्रमणमा संलग्नहरूलाई कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका छन् ।

 

 

प्रहरीले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरेको र आक्रमणमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जनाएका छन् ।

 

दानबहादुर तामाङको गाडी केही दिनदेखि नै नेपाली कांग्रेसले चुनावी अभियानका लागि भाडामा प्रयोग गर्दै आएको छ ।

 

कांग्रेसले प्रयोग गर्दै आएको गाडी मागेको तर आफ्नो गाडी अर्कैले भाडामा लिएकोले दिन नमिल्ने जनाएपछि एमाले कार्यकर्ताहरुले आफूमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको तामाङले बताएका छन् ।

 

 

 



सम्बन्धित
Loading...