कावासोतीका प्रमुख मेयर पदका उम्मेदवारहरुसगँ मतदाताको प्रश्नोत्तर कार्यक्रम सम्पन्न

कावासोती नगरपालिकाका प्रमुख मेयर पदका उम्मेदवारहरुसगँ मतदाताको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । नवलपुर जेसीज , नवलपुर एफ एम र बुद्घदर्शन टेलिभिजनको सयुतm आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भुसालको अध्यक्षतामा कावासोतिको खानेपानीहलमा कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली काङग्रेस गठबन्धनका उम्मेदवार महेन्द्र पोख्रेल , नेकपा एमालेका उम्मेदवार बिष्णु प्रसाद भुषाल ,राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार गुणाखर काफ्ले,विवेकशिल साझापार्टीका उम्मेदवार केशव प्रसाद अधिकारी र सामाजिक एकता पार्टीका धनबहादुर लामाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली काङगेसका उम्मेवार महेन्द पोख्रेलले आफुले मेयर पद जितेमा शिक्षाको बिषयमा नगरवासीहरुले पैसाको अभावमा गुणस्तरिय शिक्षाबाट बञ्जित हुन नपर्ने र स्वास्थ्यको हिसावमा नगरवासीहरुले प्राथमिक स्वास्थ्य सेवा घरमै बसी बसी पाउने प्रतिबद्घता जनाउनुभयो ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार बिष्णु प्रसाद भुषालले नगरमा विकासका पुर्वाधार विकास गर्ने, महिला प्रसुती अस्पताल स्थापना गर्ने । नारायणी किनारको तटबन्ध गरी बाढी मुक्तm गराउने प्रतिबद्घता ब्यक्त गर्नु भयोे ।
राप्रपाका मेयर पदका उम्मेदवार गुणाखर काफ्लेले भ्रष्टचार मुक्त नगरको स्थापना गरि सुशासन कायम गरी कक्षा दश सम्म निशुल्क शिक्षा प्रदान गर्नुका साथै सिचांइको सुबिधाको पहुच पुर्याउने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।

बिबेकशिल साझा पार्टीका मेयर पदका उम्मेद्वार केशव राज अधिकारीले युवा स्वरोजगारका कार्यक्रमहरुल्याइ युवालाई रोजगार श्रृजना गर्ने नगरबाट प्राप्त हुने सुबिधाहरु ढिलासूस्ती नगर्ने बताउँदै भ्रष्टचार मुक्त नगरपालिकाको निर्माण गर्ने बताउनुभयो ।
सामाजिक एकता पार्टीका मेयर पदका उम्मेद्वार धनबहादुर लामाले राजनितीबारे धेरै जानकार नभएपनि युवाहरुको अग्रसरताले देश विकास हुने बताउँदै युवाहरु कै भविष्यका लागि उम्मेद्वारी दिएको बताउनु भयो ।
कार्यक्रममा उपस्थिीती सर्वसाधारणले गरेका प्रश्नको जवाफ उपस्थित उम्मेद्वारले दिनु भएको थियो । निकै व्यस्त रहेको यस परिस्थितीमा समय अभावले कार्यक्रमको अवधिभर रहन नसकेकोमा माफी माग्दै उम्मेद्वार बाहिरीनु भएको थियो ।