माइत हिँडेकी महिला टेम्पो चालकबाटै ब`लात्कृत


 



 

बाँके खजुरा गाउँपालिका ७ की एक जना ४९ वर्षीया महिलालाई  टेम्पो चालकले शनिबार राति ब`लात्कार गरेको प्रहरीले जनाएको छ । भे १ च ६१०३ नम्बरको टेम्पो चालकले राति सवा १० बजेतिर खजुराकै  सिमालघारीनजिक सडकनजिकैको खेतमा ब`लात्कार गरेको प्र`हरीले दाबी गरेको छ ।

 




खजुरास्थित धनौली इलाका प्र`हरी कार्यालयमा प्रहरी निरीक्षक प्रेम रेग्मीले ब`लात्कारपछि अ`चेत अवस्थामा फेला परेकी महिलालाई भेरी अस्पतालमा उपचारार्थ भर्ना गरिएको बताए । अहिले महिला होसमा आएकी छन् । माइत जान टेम्पो चढेकी महिला ब`लात्कृत भएको प्र`हरीले जनाएको छ ।

 

राति १२ बजेसम्म आमा माइत नपुगेको थाहा पाएपछि खोजीमा निस्केका छोराले सिमलघारी नजिकै नेपालगन्ज गुलरिया सडक खण्डको ५० मिटर परको खेतमा फेला परेका थिए । छोराहरूले सडकमा रित्तो टेम्पो देखिएपछि वरपर खोज्दा आमालाई अ`चेत अवस्थामा फेला पारेको प्र`हरीले जनाएको छ ।

 

उक्त घ`टनापछि फरार रहेका टेम्पो चालकलाई बर्दियाको बढैया गाउँपालिकाको सितापुर गाउँमा एक ‍बासिन्दाको घरमा लुकेर बसेका बेला प्र`हरीले नियन्त्रणमा लिएको जिल्ला कार्यालयका प्र`हरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

 

 



सम्बन्धित
Loading...