गाडीमा सहचालकबाट किशोरी ब`लात्कृत, बुवाको कु`टाईबाट चालकको मृ`त्यु


 



ईलाम१७ वर्षीया किशोरीलाई ज`बरजस्ती क`रणी उद्योग गरेको अभियोगमा बा ५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्र`हरीले प`क्राउ गरेको छ ।

 

उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका-७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरीले बुवालाई फोन गरी लिन बोलाएको अवस्थामा एक्लै पारी सहचालकले ज`बरजस्ती क`रणी उद्योग गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्र`हरी कार्यालयबाट खटिएको प्र`हरीले उनलाई प`क्राउ गरेको हो ।

 




घ`टनाको विषयलाई लिएर पीडित किशोरीको बुवाले कु`टपिट गर्दा ग`म्भीर घा`इते भएका सोही गाडीका चालक नुवाकोट तारेकेश्वर गाउँपालिका-२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगानाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृ`त्यु भएको छ ।

 

कु`टपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घ`टनाका सम्बन्धमा प्र`हरीले थप अ`नुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...