एकै दिन पाँच जना मृ-त फेला





लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा एकै दिन एक जना बालकसहित पाँच जना मृ(त फेला परेका छन् । तीमध्ये ४ जना पानीमा डुबेको अवस्थामा मृ’त फेला परेका हुन् ।

 

रुपन्देहीको देवदह नगरपालिका-३ टटेरा डाँडा टोलस्थित रोहीणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-७ मदनग्राम बस्ने मनोज थापाकी छोरी १६ वर्षीया दीपा थापाको मृ’त्यु भएको छ ।

 


यस्तै बर्दियाको गेरुवा गाउँपालिका-१ सरखोल बस्ने ७५ वर्षीया राजमती थरुनी आफ्नै घरबाट करिब ३ किलोमिटर टाढा कुलोको पानीमा मृ’त अवस्थामा फेला परेकी छन् ।

आइतबार नै गुल्मीको छल्दी खोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृ’त्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका २ का ४९ वर्षीया ज्ञानकुमार कुमालको डु’बेर मृ’त्यु भएको हो । यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका-१३ छत्याङका १२ वर्षीय मनोज बिक जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...