स्याङ्जामा प्रेसर कुकर बम !


 



स्याङजाको भीरकोट नगरपालिकाको-६ मा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

 

आज (सोमबार) बिहान बम जस्तो बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका विश्वनाथ अर्यालको घर नजिकै बाटोमा फेला परेको हो ।




चुनावी माहोललाई आतंकित पार्ने योजनामा बम राखेर तर्साउन खाेजेको नेकपा एमाले भीरकोटले दावी गरेको छ ।

 

बम कसले राखेको भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभएको छ ।

 



सम्बन्धित
Loading...