मलामी जादा नारायणी नदिमा बेपत्ता भएका भुषाल ६ दिन पछि मृत फेला




पूर्वी नवलपुरमा मलामी गएका बेला नारायणी नदीमा डुबेर बेपत्ता भएका युवक ६ दिन पछि फेला परेका छन् ।

 

प्रहरी चौकी कोल्हुवाका अनुसार मध्यविन्दु नगरपालिका १५ रानिचौर स्थित नारायणी नदी किनारमा कावासोती नगरपालिका  वार्ड नम्बर  ६  बस्ने २५ वर्षिय प्रकाश भुसाल मृत  फेला परेका छन् ।

 




प्रहरीले प्रकाशको शव घोप्टो परि सडेको अवस्थामा फेला पारेको हो ।

 

शवको दाया हातमा प्रकाश प्रकाश लेखेको ट्याटुका आधारमा भाईले सनाखत गरेको बताएको छ ।

 

भुसाल वैशाख २१ गतेका दिन मलामी गएका बेला पौडी खेल्न गएको बेला डुबेर बेपत्ता भएका थिए ।

 



सम्बन्धित
Loading...